चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये आधा मात्र खर्च

काठमाडाैं । चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये हालसम्म आधा मात्र खर्च भएको छ ।

चालु अर्थिक बर्षमा १६ खर्ब ३२ अर्ब खर्च गर्ने लक्ष्य तय गरिएकोमा पछिल्लो छैठौं महिना १८ दिनसम्ममा ४ खर्ब ३८ अर्ब मात्र खर्च गर्न सकेको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गर्ने दैनिक बजेटरी तुलनात्मक विश्लेषण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जुन वार्षिक लक्ष्यको २६ दशमलव ८–५ प्रतिशत मात्र हो ।

चालु आर्थिक वर्षमा सरकारले चालु शीर्षकमा १० खर्ब ३ अर्ब, पूँजीगत शीर्षकमा ४ खर्ब ३९ अर्ब र वित्तीय व्यवस्थापन शीर्षकमा १ खर्ब ८९ अर्ब खर्च गर्ने लक्ष्य तय गरेको थियो ।

हालसम्म चालु शीर्षकमा ३ खर्ब ५६ अर्ब, पूँजीगत शीर्षकमा ३६ अर्ब ४५ करोड र वित्तीय ब्यवस्थपन शीर्षकमा ४५ अर्ब ५७ करोड मात्र खर्च भएको छ ।

जुन क्रमशः ३५दशमलव ५, ८दशमलव २–९ र २४दशमलव ०–६ प्रतिशत मात्र हो । खर्चको लक्ष्य पूरा गर्न सरकारले ६ महिना १८ दिनको अवधिमा कम्तीमा पनि ८ खर्ब ८५ अर्ब अर्थात ५४ दशमलव २–४ प्रतिशत खर्च गरिसक्नुपर्ने थियो । तर, खर्च भने विगत ४ महिनामा लक्ष्यभन्दा २७ दशमलव ३–९ प्रतिशत कम खर्च भएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×