काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा निर्वाचनमा पाँच सिटको अडान राखेको छ । त्यसको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललगायतलाई अधिकार दिइएको छ ।
पार्टी कार्यालय आलोकनगरमा आज (शनिबार) बसेको नेकपा समाजवादीको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टीले पाउने सिट संख्या, प्रदेश र क्लष्टरको निर्णय गर्ने अधिकार अध्यक्ष नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनसँग एमालेको सहकार्यको ढोका बन्द भएको र प्रतिपक्षीकै रूपमा बस्नुपर्ने बताए ।