भारत। दक्षिण भारतीय कलाकार सूर्याको सफल तमिल चलचित्र ‘सोरारई पोटरु’को हिन्दी रिमेक बन्ने भएको छ। खबरका अनुसार चलचित्रमा सूर्याको ठाउँमा बलिउड अभिनेता अक्षय कुमारलाई देखिनेछ। भारतीय सञ्चार माध्यमका अनुसार अक्षयले चलचित्रको प्रस्ताव स्विकारीसकेका छन्। केहि समयमै निर्माण पक्षले चलचित्रको सम्पूर्ण जानकारी सहित चलचित्रको आधिकारिक रुपमा घोषणा गर्ने जनाईएको छ।
चलचित्र एयर डेक्कनका संस्थापक क्याप्टेन जीआर गोपीनाथ र सुधा कोन्गरा प्रसादको जीवनीमा आधारित रहेको छ। सुधा कोंगराद्वारा निर्देशित चलचित्र ओटिटि प्ल्याटफर्म अमेजन प्राइम भिडियोबाट प्रदर्शनमा ल्याइएको थियो। चलचित्रको तमिल भर्सनमा सूर्याका अलावा अपर्णा बालामुराली, परेश रावल, कृष्णकुमार बालसुब्रमण्यम आदि कलाकारहरुको अभिनय रहेको छ।