काठमाडौँ - एभरग्रीन वर्ल्डवाईड इन्टरटेन्मेन्टले आफ्ना दशौं वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय व्यक्तित्व सम्मान-२०७९ तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।
आयोजक संस्थाका अध्यक्ष हास्य अभिनेता गोपाल ढकाल छन्देको सभापतित्वमा सम्पन्न उक्त समारोहमा प्रमुख चलचित्रकर्मी नीर शाह प्रमुख अतिथि रहेका थिए।
समारोहमा चलचित्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, सेन्सर बोर्डका सदस्य निर्माता राजेश महर्जन, द्वन्द निर्देशक नानीकाजी डंगोल नागे, अभिनेत्री ममता प्रधान, मेकअप आर्टिष्ट उमिशा पाण्डे, निर्देशक माधवराज खरेल, अभिनेत्री तेजुला खतिवडा, सञ्चारकर्मी राज लुइँटेल, अभिनेता गजित विष्ट, अभिनेता सविन श्रेष्ठ, अभिनेत्री अनु शाह, अभिनेता श्रीदेव भट्टराइ, समाजसेवी श्रीदेव बिएल, व्यवसायी ओम जैसी, अभिनेता रोहित रुम्बा, कलाकारहरु सुनिल कटुवाल, रामेश्वर बुर्लाकोटी, जीवन थापा, उद्धवराज भट्टराइ, शितल केसी लगायतलाई राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ प्रदान गरिएको थियो।