काठमाडौँ। निर्माता अर्जुन कुमारको निर्देशन रहने भनिएको चलचित्र 'गोरे सार्की' निर्देशनको जिम्मा निकेश खड्काको काँधमाथी आएको छ। अर्जुनले नै निर्देशनको जिम्मा निकेशलाई दिएका हुन्।
निकेशले अर्जुनको निर्माण रहेका दुई चलचित्र 'फाटेको जुत्ता' र 'चपली हाइट ३' निर्देशन गरिसकेका छन्। आफ्नो प्रदर्शनको समयमा 'फाटेको जुत्ता' सफल रहेको थियो भने 'चपली हाइट ३' हाल प्रदर्शन भइरहेको छ।
हाल थ्रिलर विधामा आधारित चलचित्र 'गोरे सार्की'को पटकथा तथा कलाकार चयनको काम चलिरहेको बताईएको छ। चलचित्रको छायांकन चैत अन्तिम साताबाट सुरु हुने निर्माण पक्षले बताएको छ।