एकदिवसीय सिरिज- जिम्बावेविरुद्ध नेपाललाई ५ औं सफलता

काठमाडाैँ - टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो। नेपालले फिल्डिङ जिम्बावेले ब्याटिङ गरिरहेको छ। जिम्बावेले आफ्नो सुरुवाती ५ विकेट गुमाएको छ। नेपालका लागि करन केसीले तीन र सोमपाल कामीले दुई विकेट लिएका हुन् ।

जिम्बावेले १० ओभरको समाप्तीमा ३०  रन बनाएको छ। उसका लागि सिपाज जुआओले बनाउनु बाहेक अन्य खेलाडिले दोहोरो अङ्क जोड्न सकेनन्। 

आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ। शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो। 

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो।

यस अघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×