इँटा बोकेर कुदिरहेको ट्रकमा आगलागी

काठमाडौँ - चितवनस्थित भरतपुर महानगरपालिका–२९ सत्र किलोमा ट्रकमा आगलागी भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो। ट्रक गुडिरहेको अवस्थामा ब्याट्रीको तार सर्ट भई आगलागी भएको कार्यालयले जनाएको छ। कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार बिहान ६ बजेको समयमा ट्रकमा आगलागी भएको हो।

आगलागीबाट ट्रक पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×