सुहानाले देखाइन् ३५ जना बालबालिकालाई ‘ऐना झ्यालको पुतली’

काठमाडौँ - ‘ए मेरो हजुर ३’ डेब्यू अभिनेत्री सुहाना थापाले अनाथालयका ३५ जना बालबालिकालाई फिल्म प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’ हेराएकी छिन्।

बाल दिवसका अवसरमा बुढानीलकण्ठ डाँडागाउँस्थित माउन्टभ्यु अनाथलयका बालबालिकालाई सुहानाले उक्त फिल्म हेराएकी हुन्। ती बालबालिकाले अपरान्ह कलपोखरीस्थित बिग मुभिजका पुगेर सुहानासँगै बसेर फिल्म हेरेका हुन्। यतिबेला होमप्रोडक्सनको फिल्म ‘भागवत गीता’को तयारीमा रहेकी सुहाना सामाजिक काममा समेत रुचि राख्दै आएकी छिन्।

उनले उक्त अनाथालयमा पहिलेदेखि नै सहयोग समेत गर्दै आएकी थिइन्। बुधबार फिल्म हेर्न पाउँदा बालबालिकाहरु दंग थिए भने सुहाना पनि फिल्म देखाउन पाउँदा खुशी देखिन्थिन्।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको ‘ऐना झ्यालको पुतली’ बालबालिकाकै कथावस्तुमा निर्माण भएको छ। सुजित बिडारी लिखित एवं निर्देशित फिल्म हेरेका अधिकांश दर्शकले निकै राम्रो प्रतिक्रिया दिइरहेका छन्।

फिल्मले आफूहरुलाई बाल्यकालमा फर्काएको दर्शकहरुले प्रतिक्रिया दिइरहेका छन्। फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, सिरु विष्ट लगायतको अभिनय रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×