कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत

काठमाडौँ - भारतमा कर्नाटक राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ। कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन्।

शनिवार राति सम्पन्न भएको मतगणना अनुसार कांग्रेसले १ सय ३७ सिटमा विजयी हासिल गरेको छ। सरकार बनाउन आवश्यक १ सय १३ सिट भन्दा बढी स्थानमा विजयी हासिल गरेर कांग्रेस कर्नाटकमा पहिलो पार्टी भएको हो। 

यसैगरी, दोस्रो स्थानमा भारतीय जनता पार्टी (बिजेपी) रहेको छ।  ६५ सिट मात्र जिते पछि भाजपाले कर्नाटक चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ। 

उता, जेडीएसले १९ सिटमा जीत हासिल गरेको छ भने अन्यको खातामा ३ सिट परेको छ।

कर्नाटकमा विगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यसपटक कायम रहन पुगेको छ। अर्थात, कर्नाटकमा मतदाताले सरकारलाई दोहोरिन दिएका छैनन्।

कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। 

उनले गभर्नरलाई राजीनामा बुझाएका छन्। मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×