गायक दाहालकाे ‘हारजित’ सार्वजनिक

काठमाडौं- गायक निर्मल दाहालले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘हारजित’ सार्वजनिक गरेका छन्। फरक शैलीको गीतमा जम्दै गरेका गायक निर्मलले त्यसैको निरन्तरतास्वरूप ‘जित तिम्रो मान बनोस, हार तिम्रो ज्ञान बनोस’ बोलको गीत ल्याएका हुन्।

विभिन्न बहानामा विभाजित हुँदै गएको समाजलाई खेलकुदले एकताको सुत्रमा बाँधिरहेका कारण खेलाडीको सम्मानमा गित कोरेको निर्मलको भनाइ छ। निर्मलको आफ्नै रचना, संगीत र स्वरमा रहेको गीतमा उनलाई र्‍यापर सुभम बोहरा (आत्मा)ले साथ दिएका छन्।

गीतको भिडियोमा निर्मलले नेपाली खेलाडी र खेलकुदको सम्मानका लागि विभिन्न खेल प्रतिस्पर्धाका दृष्यहरू कैद गरेका छन्। निर्मलले यसअघि पागल, अचेल, जब घामलगायतका गीत सार्वजनिक गरिसकेका छन्।

गीतले सबै खेलाडी र खेल प्रेमीहरूलाई हृदयदेखि धन्यवाद दिनुका साथै रोमाञ्चक साहसिक कार्यहरू गर्न, कठिन चुनौतीहरूको सामना गर्न र अविस्मरणीय सम्झनाहरू सिर्जना गर्न प्रेरित गर्ने लक्ष्य लिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×