मनाङ- जलवायु परिवर्तनको प्रभावका कारण पछिल्ला वर्षमा स्वाभाविक हिउँ पर्न सकिरहेको छैन। हरितगृह ग्यास उत्सर्जनका कारण वातावरण क्षेत्रमा परेको नकारात्मक प्रभावले हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुने गरेको पाइएको छ। मनाङमा कुनै वर्ष अत्यधिक तथा कुनै वर्ष आंशिक हिमपात हुने गर्छ। कुनै वर्ष हिमपातसंँगै तल्लो मनाङमा भारी वर्षा हुने गरेको छ। विगतमा हिमपातका कारण सयौंँ याक, चौँरी र भेडाच्याङ्ग्रा खर्कमा हिउँमा पुरिएर मरे। त्यसपछि माथिल्लो मनाङमा त्यस्तो भारी हिउँ भने परेको छैन।
मनाङका स्थानीयवासी चौंरीपालक किसान याङदुङ गुरुङ विगतमा जस्तो हिउँ नरहेको बताउछन्। उनी भन्छन्, “विगतमा हिमपात धेरै हुन्थ्यो। चौरी खर्कहरु हिमपातले पुरिने गथ्र्याे। अहिले बेमौसममा हिमपात हुन्छ। विगतमा कात्तिक, मंसिरमा मात्रै हिउँ पर्ने गथ्र्याे तर अहिले बेमौसममा हिउँ पर्छ। यसले गर्दा वस्तुभाउको चरण क्षेत्र नासिएको छ।” चरण क्षेत्र नासिएपछि युवाहरू पशुपालनबाट विमुख भएको उनको बुझाइ छ। बेमौसमका हिउँले धेरै वनजङ्गल तथा चरण क्षेत्र र उत्पादनसमेत घटेको उनी बताउछन्।
ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले भन्छन्, “विगतमा जस्तो हिउँ पर्न सकेको छैन। आंशिक मात्रै परेको छ। तहननहस हुने गरी भारी हिमपात भएको छैन। हिउँदको हिमपात स्वाभाविक नभई असन्तुलित भइरहेको छ।” विगतमा मनाङको तल्लो क्षेत्रमा समेत पाँच फिटसम्म हिउँ पर्ने गथ्र्यो। हिमपातले कृषि क्षेत्रलाई राहत पु¥याउँथ्यो तर पछिल्लो समयको जस्तो हिउँ देख्न पाइएको छैन।” उनले हिमपातले खुसीसँंगै सास्ती दिने गरेको पनि सुनाए।