नेपाल-भारत विद्युतीय भुक्तानी सञ्जाल सञ्चालनका लागि सम्झौता

काठमाडौँ - गेटवे पेमेन्ट सर्भिस प्रा.लि.ले अन्तरआबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ।

उक्त सम्झौतासँगै अब विभिन्न बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्ध विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायकबाट तुरुन्तै रकमान्तर गर्न सकिनेछ। पेटिएम, गुगलपे, फोनपे आदिमार्फत् नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्न सकिने गेटवे पेमेन्ट सर्भिस प्रा.जनाएको छ।

सम्झौतासँगै भारतीय नागरिक नेपाल आउँदा क्यु–आरकोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने र नेपालीले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले जानकारी दिए। आगामी तीन महिनाभित्र सेवा सुचारु हुने र एनपीसिआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवा पनि क्रमिक रूपमा सुरुआत गर्दै जाने उनको भनाइ छ।

सम्झौतामा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान र भारतीय रिजर्व बैंकद्वारा प्रवर्द्धित एनपीसिआई इन्टरननेसनलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकइङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×