काठमाडौँ। नेपाली चलचित्रकी अभिनेत्री परमिता आरएल राणा अहिले चर्चामा रहेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत आफुले काम गरेबापतको पारिश्रमिक नपाएको गुनासो गरेपछी उनको चर्चा नेपाली सिने जगतमा भएको हो।
सञ्जालमा गुनासो पोख्दै उनी लेख्छिन् "आफ्नो मेहनतको कमाइका लागि भिख माग्नुपर्छ। मैले अहिलेसम्म गरेका मोडलिङ र अभिनयमा ढिला गरी पारिश्रमिक पाएको छु।" अब समयमा पारिश्रमिक नदिने व्यक्तिको नाम सार्वजनिक गर्ने समेत उनले बताएकी छिन्। उनी लेख्छिन् "नाम सार्वजनिक गर्नु दुःखको कुरा हो तर अब यही एउटा विकल्प छ। जो व्यक्ति नेपालमा मोडलिङ र अभिनय गर्न चाहन्छन्, कृपया यसका लागि मानसिक रुपमा तयार हुनुहोला। एक पटक मलाई एक फिल्मको पूरा पारिश्रमिक पाउन एक वर्ष लागेको थियो।" 'चङ्गा चेट', 'चपली हाइट २' आदि चलचित्रमा काम गरेकी उनले उल्लेखनिय सफलता भने हात पार्न सकेकी छैनन्।
.jpg)