काठमाडौँ - गायिका तारा थापा तथा गायक विवेक रकको स्वरमा तयार पारिएको तीज गीत ‘नाचौँ संगी’ सार्वजनिक गरिएको छ।
किरण के उप्रेतीको शब्द रचना तथा चाँद सिंहको संगीत निर्देशन रहेको यो गीत मेलोडी नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गम्भीर विष्टको निर्देशनमा बनेको भिडियोमा सुबोल थापालको कोरियोग्राफी रहेको छ।
भिडियो पवन सुस्लिङ्गले छायाँकन गरेका छन्। भिडियोमा गम्भीर विष्ट, समारिका ढकाल तथा स्मारिका ढकाल फिचर्ड रहेका छन्। नबिन निरौलाले भिडियो सम्पादन गरेका हुन्।