किर्गिजस्तान–ताजिकिस्तान सीमा झडपमा कम्तिमा ९४ जनाको मृत्यु

काठमाडौँ - किर्गिजस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा कम्तिमा ९४ जनाको मृत्यु भएको छ। दुई मध्य एसियाली राज्यहरू बीच वर्षौपछि भएको खराब झडपमा उनीहरुको मृत्यु भएको हो। सीमा विवादलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच नियमित रूपमा झडपहरू भइरहेका छन् रुसी  राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशलाई आफ्ना मतभेद शान्तिपूर्ण रूपमा समाधान गर्न अपिल गरेका छन्।

ताजिकिस्तान र किर्गिजस्तानबीचको सीमामा रहेको १ हजार किलोमिटर भूभागमध्ये एक तिहाइ विवादित छ। गत वर्ष दुई देशबीच सीमामा भएको विवादमा करिब ५० जनाको मृत्यु भएको थियो। 

ताजिकिस्तानले आफ्ना ३५ नागरिकको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएको बताएको छ। अन्तर्राष्ट्रिय दबाबबीच शुक्रबार दुवै पक्षले युद्धविराममा हस्ताक्षर गरेका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×