काठमाडौँ - कञ्चनपुरमा स्कुटर दुर्घटनामा एकजनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको हो।
बिचपुरीबाट नौलाखेततर्फ जाने क्रममा चौधरी सवार से७प ७१४६ नं को स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको हो। उनको उपचारका क्रममा गए राति महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए।