काठमाडौँ- इन्डियन प्रिमियर लिग आईपीएलमा मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद बीच खेल हुँदैछ। खेल मुम्बईको वानखेडे स्टेडियममा आज राति पौने ८ बजेबाछ सुरु हुनेछ।
मुम्बईविरुद्ध आजको खेल नजिते हैदरावाद प्लेअफबाट बाहिरिने निश्चित छ। यसकारण हैदरावाद आजको खेलमा दबाबका साथ मैदान उत्रिने छ।
मुम्बई आफ्नो चौथो जितको खोजीमा छ। मुम्बई ६ अंकसहित अंक तालिकाको पुछारमा रहेको छ भने हैदरावाद १० अंकसहित आठौँ स्थानमा रहेको छ।