भैँसी पालेर नामसँगै दाम कमाउँदै दाङका किसान डाँगी

काठमाडौँ - धेरै पढेपछि जागिर खानुपर्छ भन्ने सोच बोकेका युवालाई दाङका एक महिलाले गतिलो सन्देश दिएका छन्। 

दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४३ वर्षीया वकी डाँगी व्यावसायिक भैँसीपालन थालेका छन्। भैँसीपालन व्यावसाय शुरु गरेकी उहाँ अहिले नामसँगै दाम कमाउँदै आएका हुन्। व्यावसायिक भैँसीपालनबाट राम्रो आम्दानी गर्दै आएकी उनीसँग अहिले जिल्लाका अन्य पशुपालक किसानले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन्। छोटो समयमा एक सफल महिला उद्यमीका रुपमा आफूलाई चिनाउन सफल भएकी डाँगी विगत आठ वर्षदेखि व्यवसायिक भैंसीपालनमा रमाउँदै आएकी छन्। उहाँ आफूसँगै घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न छन्। अहिले उनले आफ्नो भौंसीफार्ममा दुई जनालाई रोजगारी समेत दिएका छन्। 

पशुपालन पेशाबाट सन्तुष्ट हुनुभएका डाँगीले भने, “यो पेशाबाट वार्षिक करिब रु सात लाख बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ।” उनको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि सुरु हुन्छ। प्रायःभैँसीका पाडापाडीको स्याहारसुसारमा उहाँ धेरै व्यस्त देखिन्छन्। परम्परागत रुपमा खेतीपाती गर्दै आएकी डाँगीले विसं २०७० मा शुभ भैँसी फार्म दर्ता गरी व्यावसायिक रूपमा नै भैँसीपालनको सुरुआत गरिएको बताए। उनले भने, “सुरुमा रु एक लाखमा एक उन्नत जातको भैँसी खरिद गरी व्यवसाय गरेका हौँ। अहिले भने फार्ममा सानाठूला गरी ३८ वटा भैँसी छन्।”  

तीमध्ये १० वटा दुना रहेका छन्। ती भैँसीले दैनिकरुपमा ८० देखि ९० लिटर दूध दिने गरेको र उक्त दूधलाई तुलसीपुर बजारमा आफैँले डेरी उद्योग सञ्चालन गरी बिक्री गर्ने गरेको र केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरिद गरी लग्ने गरेको उनले बताए। कोरोना महामारीमा आफूले उत्पादन गरेको दूधले उचित बजार नपाउँदा केही घाटा बेहोर्नु परेको भए पनि अहिले भने बजारको कुनै समस्या नरहेको उनको भनाइ छ। “विगत छ महिनायता आफैँले डेरी उद्योग पनि सञ्चालन गरेका छौँ, अहिले आम्दानी राम्रो छ”, उनले भने। दाङमा अहिले दूधको खुद्रा मूल्य रु. ८० र दहीको रु ९० प्रतिलिटर रहेको र आगामी चैत १ गतेदेखि भने सो मूल्यमा रु १० वृद्धि हुने यसअघि नै निर्धारण भइसकेको छ।

हिजो मङ्गलबार डाँगीको भैँसी फार्ममा दूध खरिद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौराका ४३ वर्षीया राधा पाण्डेले आफ्नै घर आँगनमा शुद्ध दूध खान पाइने भएकाले किन्न आएको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×