डीभी चिठ्ठाको आवेदन आज रातिदेखि खुल्दै, कसरी भर्ने ?

काठमाडौं - अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन आज रातिबाट खुला हुने भएको छ।

नेपालस्थित अमेरिकी दूतावासले सन् २०२५ का लागि नेपाली समयअनुसार बुधबार राति ९:४५ बजेबाट डिभी भर्न सकिनेछ। आज रातिबाट खुल्ने डिभी कात्तिक २९ गते राति १०:४५ बजे बन्द हुने दूतावासले जनाएको छ।

डिभी भर्नको लागि अमेरिकी स्टेट गभर्मेन्टको साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिन्छ।

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरू बुझाउनुपर्छ। विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ।

त्यस्तै, डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरूले उनीहरूको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्ने नियम लगाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×