पूर्वमाओवादीबाट बादल सहित तिनजना एमालेको महाधिवेशनबाट पदाधिकारीमा निर्वाचित

चितवन । चितवनको सौराहामा स्थित सेभेनस्टार होटेलमा भएको नेकपा एमाले १०औँ महाधिवेशनबाट पूर्वमाओवादीबाट बादल सहित तिनजना पदाधिकारीमा निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्न भएको निर्वाचनको मतपरिणाम अनुसार उपाध्यक्षमा रामबहादुर थापा बादल निर्वाचित भएका हुन् । त्यसै गरी सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट पनि विजयी भएका छन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा पेश गरेकै पदाधिकारीको सूचीमा रहेका प्रतिनिधिहरु नै मतदानबाट अनुमोदित भएका हुन् ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×