रुसलाई युरो कप छनोट र फिफा विश्वकपमा समेत प्रतिबन्ध

काठमाडौँ - युरोपियन फुटबलको सर्वोच्च निकाय यूइएफएले युरोकप २०२४ को छनोटमा रुसलाई प्रतिबन्ध गरेको छ। युक्रेनमाथि आक्रमण गरेपछि यूइएफएले रुसलाई युरोकप छनोटमा प्रतिबन्ध लगाएको हो।

गत फेब्रुअरीबाट रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ। जसका कारण यूइएफए र फिफाले रुस र रुसी क्लबलाई प्रतिबन्ध लगाउँदै आएका छन्। जर्मनीले आयोजना गर्ने युरो कप २०२४ को ‘ड्र’ ९ अक्टोबरमा हुनेछ। रुसले प्रतिबन्धविरुद्ध खेलकुदको न्यायिक निकाय आर्बिट्रेसन फर स्पोर्ट्स (कास) मा अपील गरेको पनि त्यो जुलाईमा खारेज भएको थियो।

‘रुसलाई युरोपियन फुटबल च्याम्पियनसिप २०२२/२४ को छनोट ‘ड्र’ मा समावेश गरिएको छैन,’ यूईएफएले विज्ञप्तिमा भनेको छ। रुसमाथि कतारमा आयोजना हुने फिफा विश्वकपमा समेत प्रतिबन्ध लगाइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×