एमसीसी पास गर्न सघाउ आग्रह गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पुगे प्रचण्ड निवास

काठमाडौँ - संसदमा पेश भएको एमसीसी पास गर्न सघाउ आग्रह गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन्। आज प्रचण्डलाई भेटेका उनको सचिवालयले जनाएको छ। अहिले भेट जारी छ।

हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्दा उनले आफूहरूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म सहयोग नगर्ने जवाफ पाएका देउवा सकेसम्म सत्तारुढ दलभित्रै सहमति जुटाउन प्रयासरत छन्।

आइतबार संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि सत्तारुढ गठबन्धन भित्रै विवाद छ। जसरी पनि एमसीसी पारित गर्नैपर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाले दौडधुप बढाएका छन्। सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा रहेकाले देउवा सकसमा छन्। संसद्को अर्को बैठक भोलि बस्दै छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×