थाहा पाउनुहाेस् अमला खानुका ८ महत्वपूर्ण फाइदाहरू

काठमाडाैं । माैसम अनुसार आजभोलि अमलाकाे माैसम हाे । अमला खाँदा जति स्वादिष्ट हुन्छ त्यतिकै स्वास्थ्यको दृष्टिकोणले पनि गुणकारी हुन्छ।

अमलामा सबैभन्दा धेरै भिटामिन सी पाइन्छ। अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक तत्त्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले औषधीय गुणयुक्त फलको रूपमा पनि मानिन्छ ।

पाैराणिक समयमा विभिन्न राेगकाे उपचारका लागि पनि अमलाकाे प्रयाेग गर्ने गरिएकाे पाइन्छ । हामीले पनि दैनिक अमलाकाे सेवन गर्ने हाे भने निम्न ८ किसिमका फाइदाहरू प्राप्त गर्न सक्छाैं ।

१.यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न सहयोग गर्नुका साथै कब्जियत हुनबाट बचाउँछ।

२.भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ।

३.नियमित अमला खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। साथै रगत सफागर्ने काम गर्छ ।

४.अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ भने स्मरण शक्ति बढाउन सहयोग पुर्‍याउँछ।

५.अमलाको सेवनले बुढोपन हुनबाट जोगाउँछ भने मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ।

६.नियमित अमला सेवनले पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ।

७.नाथ्री फुट्ने, महिनावारीमा बढी रगत जाने आदिमा अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ।

८.अमलाको सेवनले रुघाखोकीसमेत निको हुन्छ।

नाेट : याे सामग्री साधारण जानकारीका लागि प्रस्तुत गरिएकाले औषधीय रूपमा प्रयाेग गर्नुपूर्व सम्बन्धित विज्ञसँग परामर्श लिन सुझाव दिइन्छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×