र्यापर 'लाहुरे'को हिरासत बसाइ लम्बियो

काठमाडौँ l लागूऔषध मामिलामा पक्राउ परेका गायक/र्यापर आशिस राणा 'लाहुरे'को हिरासत बसाइ पुन: लम्बिएको छ l केहि समयअघि ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो l जिल्ला कास्की अदालतले अहिले उनलाई थप १७ दिन हिरासतमा राख्न आदेश दिएको हो l उनीसँगै समातिएका अन्य ३को पनि हिरासत बसाइ लम्बिएको छ l

उनीसँगै ध्रुब बहादुर थापा , नवीन कुमार गुरुङ(बिक्की) र सुस्मिता गुरुङ पक्राउ परेका थिए l उनी र समुह ब्राउन सुगर (खैरो हेरोइन) खरिद गर्दै गर्दाको अवस्थामा रङ्गे हात पक्राउ परेका हुन्l

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×