काठमाडौँ - तीज नजिकिदै गर्दा गायक गायिकालाई अचेल यसकै चटारो छ। यस्तैमा लोकप्रिय गायक कस्तुप पन्तले पनि मौलिक तीज गीत ‘बरिलै’ सार्वजनिक गरेका छन्।
नयाँ बुहारी घरमा भित्रिएपछि परिवारको परिस्थिति हुने परिवर्तन गीतमा उतारिएको छ। समसामयिक विषयमा मार्मिक रुपले तयार पारिएको गीतको शब्द तथा लय मनु पन्तले तयार पारेकी हुन्। गीतमा कस्तुप पन्त र गायिका देवी घर्तीको स्वर रहेको छ।
गीतको भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका हुन्। भिडियोमा लोमश शर्मा र दिव्या न्यौपानेको अभिनय रहेको छ। गीतलाई सारथी म्युजिकले बजारमा ल्याएको हो।