‘वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउन प्रक्रिया थाल्छौँ’

काठमाडौँ - वास्तविक क्षेत्रलाई शेयर बजारमा ल्याउने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ। 

त्यस्ता कम्पनीलाई शेयर बजारमा सूचीकृत हुने वातावरण बनाउनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बोर्डका अध्यक्ष रमेशकुमार हमालले जानकारी दिए। बोर्डले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा शेयर बजारको विस्तार र थप विकासका लागि पनि वास्तविक क्षेत्रका कम्पनीलाई सूचीकरणका लागि आवश्यक वातावरण बनाइने जानकारी दिए। नेपालको शेयर बजारमा बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीको बोलवाला छ। वास्तविक क्षेत्रका कम्पनी आकर्षित भए पनि उल्लेख्य मात्रामा बजारमा सूचीकृत हुन सकेको छैन।

संसारका विभिन्न देशमा वास्तविक क्षेत्रलाई विशेष प्राथमिकता दिएर शेयर बजारमा सूचीकृत गराइएका कारण बजार विस्तार भएको तथ्य पेश गर्दै अध्यक्ष हमालले त्यसका लागि के कस्ता प्रक्रिया अगाडि बढाउने भन्ने बारेमा आफूहरू लागिपरेको जानकारी दिए। ठूला लगानीकर्ता बजारमा आउँदा त्यसबाट अवसरको समेत विकास हुने र बजारको स्थायीत्वमा समेत महत्वपूर्ण योगदान दिने भएकाले वास्तविक क्षेत्रलाई महत्व दिइएको उनको भनाइ छ। उनले भने, “रियल सेक्टरका कम्पनीलाई हामीले सूचीकरणमा ल्याउनुपर्ने छ। हामीसँगै एक हजार २०० बढी ठूला कर तिर्ने कम्पनी छन्। तर एकदमै न्यूनतम रूपमा मात्रै नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। हामीले ती कम्पनीलाई बजारमा भित्र्याउनका लागि बुक विल्डिङको प्रक्रिया पनि अगाडि बढाउनैपर्छ।”
 
वास्तविक क्षेत्रका नाफा कमाएका र सबल कम्पनी भए पनि उनीहरूलाई भित्र्याउन नसक्दा बजार विस्तार हुन नसकेकाले त्यसका लागि के कस्ता भूमिका निर्वाह गर्नुपर्ने बोर्ड तयार रहेको अध्यक्ष हमालको कथन छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×