काठमाडौँ - साफ यू-१७ पुरुष फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानको सामना गर्दैछ। श्रीलंकामा जारी प्रतियोगिता कोलम्बोको रेस कोर्स ग्राउन्डमा हुनेछ।
नेपाल र भुटानबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ। आजको खेलमा सहज जित निकाल्दै नेपाल प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ। यता पहिलो खेलमा भारतसँग हारेको भुटान आजको खेलमा नेपाललाई हराएर प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ।
सोमबार भएको उद्घाटन खेलमा भुटान भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो। नेपाल रहेको समूहमा ‘बी’ मा भारत र भुटान रहेका छन्। यस समूहमा भारतले १ खेलमा ३ अंक जोडेको छ।
नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ। समूहको शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।