काठमाडौंमा एक महिला मृत फेला, हत्याको आशंका

काठमाडैं । काठमाडौंमा एक जना महिला मृत फेला परेका छन् । शनिबार अपराह्नमा काठमाडौं महानगरपालिका वडा नम्बर ९ विजयचोकस्थित एक होटलमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

‘सिराहा धनुषा होटल एन्ड लज’ नामक होटलमा अन्दाजी ४५–५० वर्षीया महिला मृत फेला परेका हुन् । उनको पहिचान खुलेको छैन । प्रहरीले उनको पहिचान खुलाउने प्रयास गरिरहेको छ । महिलाको मृत्यु शंकास्पद भएको एसएसपी खत्रीले बताए । प्रहरी वृत्त गौशालाबाट अनुसन्धान अधिकृतको टोली खटिएको छ । प्रहरीलाई अपराह्न ५ बजेतिर खबर भएको थियो ।

प्रहरी स्रोतका अनुसार एक जना पुरूषले उक्त कोठा लिएका थिए । ती पुरूषको पहिचान खुलेको भए पनि ती महिलाको भने पहिचान खुल्न नसकेको हो । पुरूष अहिले फरार छन् । महिलाको घाँटीमा डोरीले कसेर बेडमा हत्या गरेको देखिएको स्रोतले बताएको छ । यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×