छठ पर्वले बन्धुत्वको भावनालाई गाढा बनाउन मद्दत पुगोस् : राष्ट्रपति भण्डारी

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छिन्। एक विज्ञप्ति जारी गर्दै भण्डारीले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेकी हुन्।

‘प्रकृतिको पूजा गरिने यस पर्वका माध्यमबाट भौगोलिक, सामाजिक, तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको छु’ विज्ञप्तिमा भनिएको छ। 

साथै छठ पर्वले समाजमा विद्यमान जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद र विसङ्गतिको अन्त्य गरी न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि सबैलाई प्रेरणा प्रदान होस् भनी भण्डारीले शुभकामना व्यक्त गरेकी छिन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×