काठमाडौँ - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली टिम दक्षिण कोरियाले दक्षिण अमेरिकी टोली चिलीमाथि २-० को जित निकालेको छ। मंगलबार राति घरेलु मैदानमा कोरियालाई जित दिलाउन ही-चान ह्वाङ र ह्युङ मिन सनले गोल गरेका थिए।
खेलको १२औं मिनेटमा ह्वाङले गरेको गोलबाट कोरियाले अग्रता लिएको थियो। यस्तै, इन्जुरी समयमा सनले गोल गरेपछि कोरियाले २-० को हासिल गरेको हो।
खेलको ५२ औं मिनेटमा एलेक्स आइबाक्यासले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा समेटिँदै खेलको अन्त्य भएको थियो।
यस्तै,अब चिलीले दोस्रो मैत्रीपूर्ण खेलमा ट्युनिसियासँग खेल्ने तालिका रहेको छ।