'कफी विथ करण'मा अल्लु र रश्मिका आउने

काठमाडाैँ -  बलिउड निर्माता करण जोहरले आफ्नो टेलिभिजन शो 'कफी विथ करण'को सातौं संस्करण सञ्चालन गर्ने भएका छन्। तर यसपटक उनको शो टेलिभिजनमा नभई ओटीटी प्लेटफर्ममा आउने भएको छ। समाचारका अनुसार उक्त शो डिजनी प्लस र हटस्टारमा आउने छ।

यसपटकको संस्करणमा रणवीर सिंह र आलिया भट्ट आउने निश्चित भएको छ। त्यस्तै पुष्पा फिल्ममार्फत् विश्वव्यापी चर्चा कमाएका अल्लु अर्जुन र रश्मिका मन्दाना पनि शोमा देखिनेछन्। रणवीर र आलियाले आउँदै गरेको फिल्म रानीको प्रमोशन गर्ने बताइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×