टिकटकमा पाइरेसीको सिकार फिल्म ‘झिँगे दाउ’

काठमाडौँ - टिकटकका कारण नयाँ नेपाली फिल्महरु समस्यामा परेका छन्। नयाँ फिल्म सिनेमा हलमा प्रदर्शन भएकै दिन उक्त फिल्मका दृष्यहरु मोबाइलमा कैद गरेर टिकटकमा अपलोड गर्ने क्रम ह्वात्तै बढेको छ।

पछिल्लो पटक यसको शिकार शुक्रवारदेखि प्रदर्शन प्रारम्भ भएको फिल्म ‘झिँगे दाउ’ बनेको छ। अहिले टिकटकमा झिँगे दाउका विभिन्न दृष्यहरु अपलोड गरिएका छन्। फिल्मका महत्वपूर्ण दृष्यहरु टिकटकमा अपलोड गरिँदा फिल्मको निर्माण पक्ष पीडित बनेको छ। टिकटकमै फिल्मका महत्वपूर्ण दृष्य आउँदा दर्शले सिनेमा हलमा गएर फिल्म हेर्ने सम्भावना कम हुन्छ।

यसैबीच, यो फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले सामाजिक सञ्जालबाट यस्ता गैह्र कानुनी काम नगर्न चेतावनी दिएका छन्। निर्देशक देउजाले यस्ता अपराधिक काम नगर्न आग्रह गर्दै अन्यथा आफू कानुनी लडाईमा जान वाध्य हुने चेतावनी दिएका छन्। तीन मिनेटसम्मका दृष्यहरु एकपछि अर्को गर्दै हालेर पुरै फिल्म नै टिकटकमा हालेर पाइरेसी गर्ने क्रम बढेको छ।

४ दशकअघिको परिवेशमा छायांकन गरिएको भिमनिधी तिवारीको उपन्यासमा आधारित झिँगे दाउमा मुकुन भुसाल, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, हिउँवाला गौतम आदि कलाकारले अभिनय रहेको छ।

यसअघि म यस्तो गीत गाउँछु २, ए मेरो हजुर ४, कबड्डी ४ आदि फिल्मका दृष्यहरु पनि टिकटकमा अपलोड गरिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×