महाअभियोग तीन दलको तीन स्वार्थबाट प्रेरित : कमल थापा

काठमाडौँ - नवगठित राप्रपा नेपालका अध्यक्ष कमल थापाले कांग्रेस, माओवादी र नेकपा एसले आफूहरुको स्वार्थका लागि प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने प्रयास गर्नु राजनीतिभित्रको चरम विकृति भएको बताएका छन्।
एमसीसी पास गर्ने कांग्रेसको स्वार्थ, हत्या अभियोगबाट सभामुखलाई जोगाउने माओवादी स्वार्थ र सांसद पद जोगाउने नेकपा एसको स्वार्थका लागि प्रधानन्यायाधीमाथि महाअभियोग प्रस्ताव ल्याइएको थापाको टिप्पणी रहेको छ।

उनले भनेका छन्, 'एमसीसी पास गर्ने (कांग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सासंद पद जोगाउने प्रपंचमा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको चरम विकृतिको नमूना हो।'

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×