भारत। दक्षिण भारतीय चलचित्र तथा बलिउड कलाकार रजनीकांतको चलचित्र 'अन्नाथे'को अपार सफलताको उपलक्ष्यमा निर्देशक शिवालाई रजनीकांतले सुनको सिक्री उपहार दिएका छन्। चलचित्रको सफलतापछी रजनीकांत शिवाको घर बधाई दिन गएका थिए। चलचित्रले करिब २३२ करोड रुपैँयाको कमाई गरेको थियो। 'अन्नाथे' रजनीकांतको ९ औँ चलचित्र हो, जसले १०० करोड भन्दा बढीको कमाई गरेको छ। चलचित्रको निर्देशन शिवाले गरेका हुन्।