काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको र आज रातिदेखि यसको प्रभाव बढ्ने जनाएको छ।अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ।