सबैले सन्तुलित बजेट आएको टिप्पणी गरेका छन् : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभाको आजको बैठकमा ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका छन् । प्रस्ताव पेस गर्दै निकै अन्योलताका बीचमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको जानकारी दिए ।

अर्थमन्त्री पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षका अध्यक्ष केपी शर्मा ओलीको निरन्तरको पहलका कारण सहज रूपमा प्रक्रिया अगाडि बढेको बताए । उनले सांसदहरूको सल्लाह र पृष्ठपोषणका आधारमा बजेट ल्याइएको उल्लेख गर्दै सरोकार भएका सबै निकाय र क्षेत्रको समेत सुझाव लिइएको जानकारी दिए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×