उदय सोताङ्ग र मनिला सोताङ्गको गीत 'नजाउ परदेश' सार्वजनिक

काठमाडौँ। लोकप्रिय गायक उदय सोताङ्ग र गायिका मनिला सोताङ्गको गीत 'नजाउ परदेश' सार्वजनिक भएको छ। गीतमा डि.आरको शब्द रहेको छ भने ज्योति प्रकाशको संगीत र बिष्णु अधिकारीको संयोजन रहेको छ।

गोविन्द अन्जानको निर्देशन र ज्योति प्रकाशको कथा रहेको गीतको भिडियोमा अन्जना दवाडी, महेश खड्का र इश्वर श्रेष्ठको अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल 'ओयसआर डिजिटल'बाट सार्वजनिक गरिएको हो।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×