उम्मेदवार छनौटमा पश्चिम नवलपरासी कांग्रसमा विवाद

परासी - पश्चिम नवलपरासीमा नेपाली कांग्रेसका उम्मेदवार छनोटमा विवाद भएको छ।  विवादका कारण संघ र प्रदेशको उमेद्वारको नाम सिफारिस हुन सकेको छैन। संघ र प्रदेशको  उमेदवारहरुको नाम सिफारिस गर्न  शनिबार बसेको नेपाली कांग्रेस पश्चिम नवलपरासीको बैठक स्थगित भएको छ।  

पार्टीका केन्द्रय सदस्य देवेन्द्रराज कडेल र संविधान सभा सदस्य बिक्रम खनालबीच गुटको विवादका कारण उम्मेदवारको नाम सिफारिस हुन नसकेको हो। शनिबारको बैठक २०  बस्ने गरी स्थगित गरिएको नेपाली कांग्रेसका उपसभापति विक्रम यादबले बताए। केन्द्रले खटाएका प्रतिनिधि मानबहादुर नेपाली दुई गुटको बिबादका कारण शनिबार बसेको बैठकमा आएनन्। विवादका कारण  केन्द्रीय प्रतिनिधि बैठकमा नआएपछि बैठक स्थगित भएको सचिव कुलदिप आर्चायले बताए।

शनिबार बसेको बैठकले आगामी २० गते पुनः बैठक बस्ने गरि स्थगित गरेको छ। २० गतेको बैठकमा  केन्द्रबाट अर्का प्रतिनिधि र प्रदेश सभातिलाई समेत बोलाएर उम्मेदवारको नाम  सिफरिस गर्ने  सहमति भएको उपसभापति  यादबले बताए। 

उता  केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल पक्षका रामग्राम नगरसभापति श्रीधर बस्याललाई हटाएर उपसभापति नाथुप्रसाद यादबलाई कार्यवाहक र संघीय निर्वाचन क्षेत्र नम्वर २ क्षेत्रीय सभापति माधब पाण्डेलाई हटाएर  याम प्रसाद  भुसाललाई कार्यवाहक दिएपछि कांग्रेस नवलपरासीको विवाद झन् बल्झिएको नेताहरुले बताएका छन्। रामग्राम नगरसभापति बस्याल र क्षेत्रीय सभापति पाण्डेलाई हटाएको विषयमा आइतबार छलफल गर्ने सहमति जनाइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×