बलिउड डेब्यु गर्दै सुपरहिट फिल्म ‘पुष्पा’ का भिलेन सुनिल

काठमाडौँ - साउथ स्टार अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राइज’ का मुख्य भिलेन सुनिल बलिउड डेब्यु गर्ने भएका छन्। धेरै फिल्ममा कमेडियनको भूमिका निर्वाह गरेका उनी ‘पुष्पा’ मा भने रक्त चन्दन तस्कर ‘मंगलम श्रीनु’ को भूमिकामा देखिएका थिए। सुनिलले अहिले बलिउडका दुईवटा अफर साइन गरेका छन्।

‘पुष्पा’ को सफलतापछि उनलाई बलिउडका धेरै अफर आए पनि तीमध्ये दुई मात्र साइन गरेका हुन्। हालै एक मिडियासँगको अन्तर्वार्तामा सुनिलले आफूलाई तमिल र कन्नड फिल्मका समेत अफर आइरहेको बताएका छन्। ‘पुष्पा’ बाट सुनिल संसारभर चर्चा छाएका छन्। फिल्ममा रहेको उनको भूमिका दर्शकले रुचाएका छन्। सुनिल पहिलो पटक एसएस राजामौलीको ‘मर्यादा रमन्ना’ मा नकारात्मक भूमिकामा देखिएका थिए।

धेरै फिल्ममा सानोतिनो भूमिका निर्वाह गरेका उनको ‘मर्यादा रमन्ना’ २०१० मा रिलिज भएको थियो। सुनिलले खलनायकको रुपमा अभिनय गरेको सबै फिल्म सुपरहिट भएको छ। जसमा ‘कलर फोटो’, ‘डिस्को राजा’ र ‘पुष्पा’को नाम आउँछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×