काठमाडौँ - शाहरुख खानसँगको ‘परदेश’ मा ‘गंगा’ को भूमिका निर्वाह गरेकी महिमा चौधरीले एउटै फिल्मबाट फ्यानहरुको मन जितेकी थिइन्। यसपछि पनि उनले धेरै ग्ल्यामरस भूमिका निभाइन्।
अब उनी बेग्दै भुमिकामा देखिने भएकी छन् । उनी अभिनेत्री कंगना रनावतको फिल्म इमरजेन्सीमा देखिने भएकी छिन्। महिमा चौधरी छिट्टै कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’ मा सांस्कृतिक कार्यकर्ता तथा लेखक पुपुल जयकरको भूमिकामा देखिँदैछिन्।
पुपुल जयकर इन्दिरा गान्धीको बाल्यकालको साथी थिइन्। यस फिल्ममा उनको भुमिकालाई समेत निकै महत्वका साथ राखिने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।