काठमाडौँ । गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले ईटाभट्टामा कार्यरत १७३ मजदूरलाई कोरोना खोप प्रदान गरेको छ।
फाउण्डेशनले विडब्लु आई (विल्डिङ वर्कस युनियन)को सहकार्यमा भक्तपुरको दुवाकोटस्थित ईटाभट्टामा कार्यरत मजदूरलाई आज कोरोना खोप प्रदान गरेको हो। फाउण्डेशनका महासचिव सूर्य नेपालले जनस्वास्थ्य कार्यालय चाँगुनारायणको सहकार्यमा १७३ मजदूरलाई भेरोसेल खोप प्रदान गरिएको जानकारी दिए। खोप लगाएकामध्ये १३९ श्रमिकले पहिलो मात्रा र ३४ श्रमिकले दोस्रो मात्रा खोप लगाएका हुन्।
उक्त इँटाभट्टामा सूदुरपश्चिम क्षेत्रका मजदूर कार्यरत छन्। बिडब्लु आइमा निर्माण तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा मजदूर युनियन र अखिल नेपाल निर्माण मजदूर सङ्घ आबद्ध छन्।