एमाले महाधिवेशन : १८ पदाधिकारीमध्ये ओली अग्रस्थानमा, पोखरेल समूह पछि

नेकपा एमालेका १८ पदाधिकारीमध्ये १२ जना अध्यक्ष केपी शर्मा ओली पक्षमा खुलेका छन् भने ६ जना मात्र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षमा देखिएका छन् । सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि लामो समयदेखि निलम्बनमा रहेका कारण सक्रिय सूचीमा समावेश छैनन्।

मंसिर २७ गतेबाट सुरु हुने एमालेको ११औँ महाधिवेशनमा ओली र पोखरेल प्यालनसहित अध्यक्षको प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । दुवै पक्षले आफ्नो–आफ्नो प्यानल तयार गरिरहे पनि अन्तिम समयमा मात्र सार्वजनिक गर्ने रणनीतिमा छन्, ताकि विपक्षीले रणनीति परिवर्तन गर्न नपाओस्।

ओली समूह:
तीन उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र गुरुप्रसाद बराल ओली पक्षमा खुलेका छन्। महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, पृथ्वीसुब्बा गुरुङ तथा सचिवहरू लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल पनि ओलीतर्फ छन्।
उनीहरूले वर्तमान राजनीतिक परिस्थितिमा ओली नै उपयुक्त नेतृत्व भएको भन्दै प्रेस चौतारीलगायतका फोरमहरूमा निरन्तर समर्थन घोषणा गरिरहेका छन्।

पोखरेल समूह:
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे तथा सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले साथ दिएका छन्।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसमेत पोखरेल पक्षधरहरूसँग अवस्थित रहेको बताइएको छ, यद्यपि उनी एमाले सदस्य भने होइनन्।

जेनजी आन्दोलनपछि एमालेभित्र विद्या भण्डारी समूह र १० बुँदे पक्षधरहरू ओलीलाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिँदै आएका छन्। उनीहरूले पार्टी रुपान्तरण र जेनजी आन्दोलनका मागलाई आत्मसात गर्नुपर्ने धारणा राखे पनि ओलीले उक्त आन्दोलनलाई विदेशी प्लटको रूपमा व्याख्या गर्न खोजिरहेका छन्।

यी हुन् दुवै पक्षका पदाधिकारीहरू :

ओली पक्ष

  1. केपी शर्मा ओली

  2. रामबहादुर थापा

  3. विष्णुप्रसाद पौडेल

  4. गुरुप्रसाद बराल

  5. शंकर पोखरेल

  6. प्रदीप ज्ञवाली

  7. विष्णु रिमाल

  8. पृथ्वीसुब्बा गुरुङ

  9. लेखराज भट्ट

  10. छविलाल विश्वकर्मा

  11. रघुवीर महासेठ

  12. पद्मा अर्याल

पोखरेल पक्ष

  1. ईश्वर पोखरेल

  2. युवराज ज्ञवाली

  3. अष्टलक्ष्मी शाक्य

  4. सुरेन्द्र पाण्डे

  5. गोकर्ण विष्ट

  6. योगेश भट्टराई

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×