अक्षयकुमारको ‘रामसेतु’ले पायो नेपालमा प्रदर्शन अनुमति

काठमाडौँ - अक्षयकुमार स्टारर फिल्म ‘रामसेतु’लाई नेपालको चलचित्र जाँच समितिले प्रदर्शन अनुमति दिएको छ। सेन्सर बोर्डका सदस्य सन्तोष थापाले सोमबार बेलुका फिल्मको जाँच भएको जानकारी दिएका छन्।

गत साता नै रिलिज हुने भनिए पनि चलचित्र विकास बोर्डले सेन्सर सिफारिस पत्र दिन अस्वीकार गरेको थियो। सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएसँगै यो फिल्म शुक्रबार नेपालमा रिलिज हुनेछ।

कात्तिक १ गतेदेखि नेपालमा रिलिजको १ साताअघि नै फिल्म सेन्सरको लागि कागजपत्र बुझाउनुपर्ने नियम छ। तर यो नियम पालना नगरेको भन्दै बोर्डले सेन्सर सिफारिस रोकेको थियो।

बलिउडमा २ साताअघि नै रिलिज भएर पनि बक्स अफिसमा असफल भएको फिल्मलाई नेपालमा डीसीएन र स्टेसन फाइभले रिलिज गर्न लागेका हुन्। शुक्रबार रामसेतुसँगै अब वाकान्डा फरेभर र उचाइ समेत रिलिज हुनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×