काठमाडौँ - अफगानिस्तान क्रिकेट टिमका कप्तान मोहम्मद नाबीले पदबाट राजीनामा दिएका छन्। टी-२० विश्वकप अन्तर्गत शुक्रबार अष्ट्रेलियासँग भएको खेलमा अफगानिस्तान पराजित भए लगत्तै नाबीले कप्तान पदबाट राजीनामा दिएका हुन्।
टी-२० विश्वकप निराशाजनक प्रदर्शन गरेको अफगानिस्तान ५ खेलमा ३ मा हार र २ मा नतिजा बिहीन बन्यो।
टी–२० विश्वकपमा जित बिहीन अवस्थामा प्रतियोगिताबाट बाहिरिने एक्लो टिमसमेत अफगानिस्तान बनेको छ। कप्तान नाबीले विश्वकप अगाडि मात्र जिम्मेवारी सम्हालेका थिए।
उनको कप्तानीमा २३ खेल खेलेकोमा १० जित र १३ मा हार बेहोरेको थियो ।