काठमाडौँ l लागु औषध मामिलामा पक्राउ परेका र्यापर आशिष राना 'लाहुरे' धरौटीमा रिहा भएका छन्। उनलाई गत पुस १४मा प्रहरीले पोखराको न्यूरोडबाट खैरो हेरोइनसहित पक्राउ गरेको थियो l कास्की जिल्ला अदालतले उनलाई ५० हजार धरौटीमा छोडेको बताईएको छ l
फौजदारी कार्यविधि संहिताको दफा ६८ अनुसार उनलाई धरौटीमा रिहा गरिएको जनाईएको छ l तर, उनी सँगै पक्राउ परेका अन्यलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। उनीसँगै पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुवबहादुर थापा, रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका ३० वर्षीय बिक्की भन्ने नवीन कुमार गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने २२ वर्षीय सुस्मिता गुरुङ पक्राउ परेका थिए l