काठमाडौँ - चीनमा आयोजना हुने १९ औँ संस्करणको एसियाली खेलकुदका लागि बन्द प्रशिक्षण आजदेखि सुरु हुँदैछ। आजदेखि महिला फुटबलसहित २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गर्ने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ।
आजदेखि सुरु हुने प्रशिक्षणका लागि राखेपले हिजो ४० जना महिला फुटबल खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो।
नेपालबाट एसियन खेलमा २३ वटा खेलको सहभागिता रहने निर्णय भएको छ। तर, एसियन खेल भने स्थगित भइसकेको छ। प्रतियोगिताको नयाँ मिति घोषणा नभए पनि राखेपले बन्द प्रशिक्षण आजदेखि थाल्ने जनाएको हो।
बन्द प्रशिक्षणमा परेका खेलाडीहरुः
एन्जिला तोम्बाप्पो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, कविता विक, सावित्रा भण्डारी, अनिता केसी, अमृता जैसी, गीता राना, पुनम मगर, हीराकुमारी भुजेल, पुजा राना, अनिता बस्नेत, विमला विक, प्रिती राई, सृजना सिंह, निशा थोकर, सलोनी रानामगर, सृजना चेम्जोङ, समिक्षा घिमिरे, रेनुका नगरकोटी, विमला चौधरी, दिपा राई, इन्दिरा राई, मञ्जलीकुमारी योञ्जन, निर्मला उपाध्याय, दिपा शाही, हिमा चौधरी, बिर्सना चौधरी, सरस्वती अय्यर, सुमित्रासिंह पाख्रिन, सरस्वती रोकाय, निर्मला विक, सबिता रानामगर, रश्मीकुमारी घिसिङ, रजनी थोकर, चन्द्रा भण्डारी, अमिशा कार्की, रेखा पौडेल, कुशुम खतिवडा