एजेन्सी - आजबाट रुसी राजधानी मस्कोमा सार्वजनिक स्थलहरुमा मास्क नचाहिने भएको छ। कोरोना भाइरसको जोखिम रोकथामका लागि मास्क अनिवार्य गरिएकोमा आजबाट उक्त व्यवस्था हटाइएको छ। मस्कोका मेयर सेरगेइ सोब्यानिनले ब्लकमा मङ्गलबार उद्दोग र संघसंस्थाहरुमा प्रवेश गर्दा मास्क अनिवार्यको नियम हटाइएको जानकारी गराएका थिए। उनले व्यवसाय र गम्भीर प्रतिबन्धहरुको दबाबसँग जुध्न यस्तो कदम चालिएको जनाएका छन्।
कोरोना भाइरसको महामारी बढेपछि रुसभर मास्क अनिवार्य गरिएको थियो। मास्क नलगाए ४५ डलर बराबरको रुबल जरिवाना समेतको व्यवस्था थियो।