काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् ।
कांग्रेस नेता रामहरि खतिवडा सभापति रहेको यो समितिको कार्यक्षेत्रभित्र गृह मन्त्रालय पर्छ । बैठकमा सम्बन्धित मन्त्रालयको काम कारबाही र समसामयिक विषयमा मन्त्री समेतको उपस्थितिमा छलफल भइरहेको छ ।
समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको छ ।
समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।