भारतविरुद्धको अन्तिम तथा तेस्रो खेलमा जिम्बाब्वे १३ रनले पराजित

काठमाडौँ - भारतविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा घरेलु टोली जिम्बाब्वे १३ रनले पराजित भएको छ। गएराति सम्पन्न यो हारसँगै उसले सिरिज ३-० ले गुमाएको हो। तेस्रो एकदिवसीयमा २९० रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले ४९.३ ओभरमा सबै विकेट गुमाएर २७६ रन बनायो।

उसका सिकन्दर राजाले ९५ बलमा ९ चौका र ३ छक्कासहित ११५ रनको शतकीय पारी खेले पनि टोलीको हार टार्न सकेनन्। राजाको यो एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको छैटौँ शतक हो।

त्यस्तै, सेन विलियम्सले ४५, ब्राड इभन्सले २८, कप्तान रेगिस चकाब्वाले १६, टोनी मुन्योङ्गाले १५, ल्यूक जोन्गवेले १४ र टाकुड्जवान्से काइटानोले १३ रन जोडेका थिए।

भारतका लागि आवेश खानले ३, दीपक चाहर, कुलदीप यादव र अक्षर पटेलले २/२ तथा शार्दुल ठाकुरले १ विकेट लिएका थिए। त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २८९ रन बनाएको थियो।

उसका लागि शुभमन गिलले ९७ बलमा १५ चौका र १ छक्कासहित १३० रनको शतकीय पारी खेलेका थिए। यो उनको  सिनियर टोलीबाट पहिलो अन्तर्राष्ट्रिय शतक हो।

इशान किशनले ६१ बलमा ६ चौकासहित ५० रनको अर्धशतकीय पारी खेलेका थिए। शिखर धवनले ४०, कप्तान केएल राहुलले ३० र सञ्जु स्यामसनले १५ रन जोडेका थिए।

जिम्बाब्वेका लागि ब्राड इभन्सले ५ तथा भिक्टर न्युउछी र लुक जान्गवेले १/१ विकेट हात पारेका थिए। यसअघि भारत १० र ५ विकेटले विजयी भएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×