तमन्ना भाटियाको 'बबली बाउंसर'को पहिलो शेड्यूलको शूटिंग सकियो

भारत। बलिउड अभिनेत्री  तमन्ना भाटियाले 'बबली बाउंसर'को पहिलो शेड्यूलको शूटिंग पुरा गरेकी छिन्। यो कुराको जानकारी निर्माण पक्षले स्वयम् चलचित्रको सेटबाट तमन्नाको एक फोटो सामाजिक सञ्जालमा शेयर गरेर दिएको हो। उक्त तस्विरमा उनीसँगै चलचित्रका निर्देशक मधुर भंडारकर पनि देखिएका छन्। तस्विरसँगै लेखिएको छ " बचेर बस्नुहोस् भाई र बहिनी…आउँदैछ बबली बाउंसर! तमन्ना भाटिया ब्यूटी आफ्नो ड्यूटीमा फर्किदै छिन्। अब कसैको मन टुटोस या दाँत। जवाफ केवल निर्देशक मधुर भंडारकरसँग छ।" यो चलचित्र हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिनेछ।
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×